|

काठमाडौं :  ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा सोमबार मतदान भइरहेको छ।

स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा साेमबार मतदान कार्य प्रारम्भ भएको छ।  भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने भएको छ।  

निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी( मा प्राप्त पछिल्लो अद्यावधिक जानकारी अनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ। 

स्थगित भएका १५ वटा मतदान स्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ। स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.