सिन्धुपाल्चोक : जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।
प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन्।
बस्नेतले दुई हजार २३६ मत प्राप्त गरेका छन् भने उनका नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार २८६ मत पाएका छन्।
यस्तै क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा एमालेका सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गरेका छन्।
लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत पाएका छन्।
सिन्धुपाल्चोक
तपाईंको ईमेल गोप्य राखिनेछ ।