|

काठमाडौ‌ : काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। 

पौडेलले एक हजार ८१६ मतान्तरले अग्रता लिएका हुन्। १८ हजार ८९७ मत गणना हुँदा युवा नेता पौडेललाई ६ हजार १८१ मत प्राप्त भएको छ। नेकपा एमालेतर्फका उम्मेदवार ईश्वर पोखरेलले चार हजार ३६५ प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीका अनुसार यो क्षेत्रमा पौडेल र पोखरेलसहित२९ उम्मेदवार प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.