|

काठमाडौं : ​ अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्। कांग्रसकी पुष्पा भुसाललाई १,७५० मतले पछि पार्दै उनी विजयी भएका हुन्। रायमाझीले ४२ हजार ६ सय २२ पाउँदा भुसालले ४० हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन्।

उनी २०७४ सालमा अर्घाखाँची–१ बाट तेस्रोपटक सांसद चुनिएका थिए। २०७५ सालमा माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा पार्टी बन्यो। नेकपा बनेसँगै सरकारमा मन्त्री बनेका रायमाझीले पार्टी विभाजनसँगै एमाले रोजेका थिए। माओवादीबाट कारबाहीमा परेका उनी एमालेको १० औं राष्ट्रिय महासधिवेशनमा सचिवमा निर्वाचित भएका थिए।

यसै पनि रायमाझीले राजनीतिमा कहिल्यै हारको स्वाद चाख्नु परेन। पार्टी विभाजन अघि र पछि पनि टोपबहादुर निरन्तर सत्ता र शक्तिको छेउछाउमा रहिरहे। उनी पहिलो संविधानसभा निर्वाचन २०६४ देखि २०७९ सम्म लगाचार चारपटक निर्वाचित भएका छन्। 

२०७४ को चुनावमा तत्कालीन नेकपा बाट निर्वाचन लडेका रायमाझीले कांग्रेसका डा.रामबहादुर बिसीलाई १८ हजार २९३ मतान्तरले पराजित गरेका थिए। एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा समेतको तालमेल बाट रायमाझीले ५० हजार ८३७ मत ल्याउँदा कांग्रेसका डा.बिसीले एक्लै ३२ हजार ५४४ मत ल्याएका थिए। 

को हुन् रायमाझी?

२०३६ देखि राजनीतिमा लागेका टोपबहादुर ०४३ मा अनेरास्ववियु छैटौँको उपाध्यक्ष,  २०४४ सालमा अध्यक्ष, २०४८ मा योङ कम्युनिस्ट लिग (वाइसिएल), नेपालको  संस्थापक अध्यक्षसमेत हुन्। ०४७ मा  वाम एकता गर्दा उनी पनि मिसिएका थिए। नेकपा (माओवादी)ले सशस्त्र युद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज भए। 

०५४ माओवादीको पोलिटब्युरो सदस्य भएका उनी माओवादी जनयुद्धमा पश्चिमाञ्चल इन्चार्ज समेत भए। २०५५ मा माओवादीको पोलिटब्युरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए।

रायमाझीले दुई वर्ष जेल जीवन बिताए भने ९ पटक गिरफ्तार भए। बीएस्सीसम्मको औपचारिक शिक्षा लिएका रायमाझी तेक्वान्दोका ब्ल्याक बेल्ट पनि हुन्। अर्घाखाँची–२ खाँडामा ४६ वर्षअघि जन्मिएका अनिल २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.