|

बैतडी : अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलामा टेलिफोनलगायत सबै सञ्चार बन्द भएको छ।

बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा मंगलबार दिउँसो ३ बजेदेखि सञ्चार अवरुद्ध भएको हो।

अप्टिकल फाइबरमा समस्या आएकोले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट अवरुद्ध भएको छ। मोबाइल तथा इन्टरनेट अवरुद्ध हुँदा दुवै जिल्लाका बासिन्दा मारमा परेका छन्।

मोबाइल, फोन सेवा र इन्टरनेट नहुँदा स्थानीय सञ्चारविहीन हुनुका साथै निर्वाचनको मत परिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन्।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ब्रेक हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ। उनले भने, ‘बैतडी र डडेल्धुराका प्राविधिक साथीहरू खटिएका छन्, चाँडै सेवा सञ्चालन गर्न लागि परेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.