|

बागलुङ : बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पनि निरन्तर अग्रता बढाउँदै लगेका छन्। केसीले दुई हजार ४० मतले नेकपा एमालेका डा. सूर्य पाठकलाई पछाडि पारेका हुन्।

केसीले १५ हजार २७५ मत प्राप्त गर्दा पाठकले १३ हजार २३५ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ६ हजार ६७ मत प्राप्त गरेका छन्।

बागलुङ–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले अग्रता कायम राखेका छन्। पौडेलले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई  दुई हजार २६१ मतले पछि पार्दै पौडेलले अग्रता कायम राखेका हुन्।

पौडेलले १३ हजार ४१३ मत प्राप्त गर्दा चालिसेले ११ हजार १५२ मत ल्याएका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्रीले १२२२ मत पाएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.