|

दाङ : दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको छोरी १३ महिनाकी पुष्पा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी  राजन गौतमले जानकारी दिए। 

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट मंगलबार  बालिकाको मृत्यु भएको उनले  जानकारी दिए।

बालिकालाई ठक्कर दिएलगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.