|

काठमाडौं : नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपरिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन्।

सत्ता गठबन्धनमा सामेल दल माओवादीले उल्लेख्य मात्रामा जित्न नसकेको अवस्थामा उनले यस्तो भनाइ आएको हो। 

उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरू दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ। त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन। निष्कर्ष सहज बोधगम्य नै छ।’

उनले सबै आँधिबेरीहरू जीवन ध्वंश गर्न मात्र नआउने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘तर अहिले यति मात्र। बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंश लाई मनन गरौं। सबै आँधिबेरीहरू तपाईँको जीवन ध्वंश गर्न मात्र आउदैनन्, कुनै तपाईँको बाटो सफा गर्न पनि आउँछन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.