|

काठमाडौं : देशका छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। 

गुल्मी : सत्यवती गाउँपालिका–३ कुडडाँडामा लु २ च ५३४० नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिप धनी सत्यवती गाउँपालिका–३ कुड्डाडा बस्ने ५१ वर्षीय झलक सोमै सहित ४ जनाको घटनास्थलमै र गम्भीर घाइते भएका १ जनाको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै गरी ५ जनाको मृत्यु भएको छ । 

मृतकमध्ये ४ जना पुरूष र १ जना महिला रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक सहित ४ जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ। 

बाँके :  बैजनाथ गाउँपालिका–१ नागनाथस्थित सडकमा भे१ ख १८९८ नम्बरको मिनिट्रक अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सुर्खेत लेखबेसी नगरपालिका–४ बस्ने ३५ वर्षीय गोबिन्द जंग शाहीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका ट्रकका सह चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।

दाङ : घोराही उपमहानगरपालिका–९ टेघरा नयाँबस्ती बस्ने शोभा राम बिककी १५ महिनाको छोरी पुष्पा बिकको बाल प्रतिभा ईङ्लिस बोडिङ स्कुलको रा१ ख १८५५ नम्बरको बसको ठक्करबाट मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको छ।  फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषा : जनकपुर उपमहानगरपालिका–४ मुर्लि चोकमा लु ९० प १२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक साबिक भरतपुर गाविस–४ बस्ने २७ वर्षीय विज्ञान कुमार यादव कुसियतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पातल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.