|

काठमाडौं : बुधबार देशभर जम्मा ४ जना कोभिड १९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार २८५ जनामा गरिएको परीक्षणमा जम्मा ४ जना कोभिड संक्रमित भेटिएका हुन्। 

यस्तै आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका विवरणअनुसार हाल देशभर जम्मा ३७३ जना कोभिड १९ का सक्रिय संक्रमित रहेका छन्। 

नेपालमा हाल कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। 

हाल देशभर ९९ प्रतिशत जनताले कोभिडविरुद्धको खोप लगाइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.