|

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) जीतको नजिक पुगेका छन्।

प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले ५ बजेसम्म २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।

म्याग्दीमा कुल ५०६२५ मत खसेकोमा अन्नपूर्ण गाउँपालिकाकाको मात्र मत गणना बाँकी रहँदा गबुर्जाले २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६८८९ मत प्राप्त गरेका छन्। गर्बुजा ३५६० मतले अघि छन्।

त्यसैगरी राप्रपा र स्वतन्त्र लगायतका दलले ३ हजारभन्दा बढी मत पाएका छन्। अब अन्नपूर्ण गाउँपालिकाको ६५२० मत गणना गर्न बाँकी छ।

यसैगरी प्रदेश सभा (क) मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिभण्डारीले अग्रता कायम गरेका छन्। भण्डारीले १०१२२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर केसीले ८५६५ मत प्राप्त गरेका छन्। भण्डारीले केसीलाई १५५५ मतले पछि पारेका हुन्।

प्रदेशसभा ख मा गठबन्धनकै रेशम जुग्जाली (सुविन) प्रतिद्वन्द्वी नेकपा एमालेका यामबहादुर गर्बुजालाई १०२ मतले पछि पार्दै निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.