|

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी भएका छन्। गर्बुजा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३,८३२ मत बढी ल्याएर निर्वाचित भए।

प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजा २४,०२१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीमा कुल ५०,६२५ मत खसेकोमा गबुर्जाले २४,०२१ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २०,१८९ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.