|

सोलुखुम्बु : प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्।

गठबन्धनका उमेदवार माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेत (राजेन्द्र)लाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी दोस्रो पटक विजयी भएका हुन्। 

खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतले ६८१५ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.