|

काभ्रे : काभ्रेमा संघ र प्रदेशको मतपरिणाम रोचक बन्दै गइरहेको छ । गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार आफ्नो अग्रता बढाउन र जोगाउन प्रयासरत छन् । 

उम्मेदवारहरुको मतपरिणाम भने मिश्रित आइरहेको छ । पछिल्लो गतपरिणाम अनुसार काभ्रे क्षेत्र नं. २ एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता लिएको छ । बाँस्कोटा १७ हजार ९५८ मतसहित अगाडि छन् ।

सुरुवाती अग्रता बनाई पनि त्यसलाई जोगाउन नक्सदा पछि परेका गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईंले १७ हजार ४२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ हजार ७१६ प्राप्त गरेका छन् ।

त्यस्तै काभ्रे क्षेत्र नम्बर १ समेत एमालेले अग्रता बनाएको छ । एमालेका उम्मेदवार रेशम लामाले ७ हजार ५४९ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान दोङले ६ हजार ८७० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ६७९ रहेको छ। 

काभ्रे २ तर्फको मत धुलिखेलस्थित् शैक्षिक तालिम केन्द्र र काभ्रे १ तर्फ पनौती नागरपालिकाको कार्यालयमा मतगणना भइरहेको छ ।

त्यसैगरी काभ्रे १ को प्रदेशसभा क तर्फ माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालको ४ हजार ७४४ मतान्तरले अग्रता कायमै छन् । ढकालले १२ हजार ९७ मत पाउँदा एमालेका उम्मेदवार दिलबहादुर तामाङले ७ हजार ३५३ मत ल्याएका छन् । 

तर सुरुवती अग्रता लिएका कांग्रेसका जिल्ला सभापति समेत रहेका तिर्थ लामाले ९ हजार १८३ मत सहित पुनः अग्रता लिएको छ । एमालेका उम्मेदवार चन्द्र लामाले ८ हजार २०५ मत ल्याएका छन् । लामाले अग्रता लिएपनि धेरै बेर भने जोगाउन सकेनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.