|

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित हाँसिल गरेको छ। कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले हराउँदै आफ्नो सबैभन्दा ठूलो जित दर्ता गराएको हो। 

स्पेनका लागि डेनी ओल्मो, मार्को एसेन्सियो, फरान टोरेस, गावी, कार्लोस सोलर, अल्वारो मोराताले समान एकएक गोल गरे। योसँगै ग्रुप इमा रहेको स्पेनले विश्वकप २०२२ को सुखद सुरुवात गरेको छ। स्पेनको आगामी खेल सोमबार जर्मनीसँग रहेको छ। 

यसअघि बुधबार साँझ भएको ग्रुप इको अर्को खेलमा जापानले जर्मनीलाई २-१ ले हराएको थियो। समूह इका सबै देशले एकएक खेल खेल्दा तीन तीन अंक जोडेका स्पेन र जापान क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका छन् भने जर्मनी तेस्रो तथा कोस्टारिका चौँथो स्थानमा रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.