|

काठमाडौं : दैलेख क्षेत्र नं. २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भएका छन्। नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै शाही सांसद चुनिएका हुन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत प्राप्त गरे। 

नेपाल मजदुर किसान पार्टीका केसेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७१३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४८९ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.