|

सुर्खेत : सुर्खेत क्षेत्र नं. २ प्रदेश सभा १ मा नेकपा एमालेका यामलाल कँडेल विजयी भएका छन्।

एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेलले नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतान्तरले हराएका हुन्।

कँडेलले १८ हजार ५६१ मत प्राप्त गरे भने कांग्रेसका शाक्यले १८ हजार ४०० मत पाए। प्रदेश सभा सदस्यमा उनको दोस्रो जित हो। २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट उनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.