|

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्। उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्। 

कार्की  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले हराउँदै विजयी भएकी हुन्। एमालेका खड्काले १२ हजार ९६३ मत पाएको ललितपुर-३ का मुख्य  निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। 

त्यस्तै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्। उनले ८ हजार ७६९ मत पाएकी छन्। उक्त क्षेत्रमा ६१ हजार ६७८ मत खसेको थियो। 

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.