|

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन्।

उनी आठ हजार ७१८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। रावल सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन्।

यहाँ उनका प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशीले ६ हजार ८५८ मत ल्याए भने नेकपा माओवादीका टिकेन्द्रप्रसाद भट्टले चार हजार ६८६ मत पाएका छन्।

२०७४ सालमा यहीँ क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित भएका रावल पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.