भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमाले र २ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रदेशसभा १ मा एमालेका किरण थापा र २ मा नेकपा समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका हुन्। अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ मा एमालेका उम्मेदवार थापाले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई तीन हजार १८५ मतान्तरले हराएका हुन्।
निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार एमालेका थापाले १५ हजार ११८ मत ल्याएभने प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ११ हजार ९३३ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार बिक्रम थापाले चार हजार २७० मत ल्याए। त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले तीन हजार ८६ मत ल्याए।
त्यसैगरी प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका डा.राजेन्द्रमान श्रेष्ठ एमालेका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठसँग ३१० को मतान्तरले विजयी भए। डा. श्रेष्ठ आठ हजार ३४१ मत प्राप्त गरी विजयी भए भने एमालेका श्रेष्ठले आठ हजार ३१ मत प्राप्त गरे।
डा. श्रेष्ठ २०७४ को निर्वाचनमा पनि एमालेबाट विजयी भई बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए। त्यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश वैद्यले छ हजार८३१ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार पञ्चकृष्ण श्रेष्ठले तीन हजार ८५० मत ल्याएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।