|

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ निर्वाचित भएका छन्। उनले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गरेका हुन्। 

राईले ३१ हजार ३५१ मत पाए भने उनका निकटत प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८५ मत पाएका छन्। 

 २०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यसपटक आफ्नो किल्ला गुमाएको छ। दुई कार्यकाल नै भट्टराईले जितेका हुन्। भट्टराई यसपटक जितमा ह्याट्रिक गर्ने तयारीमा थिए। 

पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र हो। राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ– १ बाट निर्वाचित भएका थिए। संविधान जारी भएपछि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी खोटाङ १ (ख) बाट निर्वाचित भएका थिए। राई प्रदेश १ को वर्तमान खानेपानी, तथा सिंचाइ तथा ऊर्जा मन्त्री पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.