|

हेटौंडा : मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित दीपक बहादुर सिंह आफ्नो भाकल पूरा गर्न माता भेट्न पुगेका छन्। 

जिल्ला निर्वाचन कार्यालयले अन्तिम नतिजा सार्वजनिक गरि सकेपछि अहिले कार्यकर्ता खुसियाली मनाइरहेका छन्।

पाँचौं प्रयासमा पहिलो जित निकाल्न सफल भएका सिंह विजयी भएपछि मतगणनास्थल आउन छोडेर हेटौंडा–४ कर्रामा माता भेट्न पुगेका हुन्।

कार्यकर्ता उनको जितको खुशीमा बिहानदेखि जिन्दावादको नारा लगाइरहेका छन् ।

मतगणनाको सुरुदेखि नै तेस्रो स्थानमा रहेका सिंहले अन्तिममा अप्रत्याशित जित निकाल्दै पहिलो पटक संसदको यात्रा तय गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.