|

काठमाडौं : ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले ओखलढुंगाको विकास र समृद्धिका लागि थप सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालबाट सबै मतदातालाई धन्यवाद दिँदै यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले भने, ‘ओखलढुंगाका सम्पूर्ण मतदाताको एक-एक मतको उच्च सम्मान गर्दै ओखलढुंगाको विकास र समृद्धिका लागि थप सशक्त भएर लाग्नेछु। आगामी दिनमा पनि यहाँको सल्लाह सुझाव र सहयोगको अपेक्षा राख्दै सम्पूर्णमा आभार प्रकट गर्दछु।’

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई  ६ हजार ८१८ मतले पछि पार्दै खतिवडा विजयी भएका हुन्। खतिवडाले ३३ हजार ५५६ मत ल्याए। सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.