|

काठमाडौं : गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीपकुमार ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत परिणामअनुसार भण्डारी ९३ मतले अगाडि छन्।

भण्डारीले १४ हजार ९ सय ५० मत प्राप्त गर्दा ज्ञवालीले १४ हजार ८ सय ५७ मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले १ हजार ५३ मत प्राप्त गरेका छन्। गुल्मी २ बाट नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गर्दै एमालेका सचिव गोकर्ण विष्ट विजयी भइसकेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.