|

काठमाडौं : भक्तपुर-२ बाट पराजित महेश बस्नेतले आफूलाई पराजित गरेका दुर्लभ थापालाई बधाई दिएका छन्।

उनले निर्वाचनमा आफ्नो पार्टीको परिणाम अनुकूल नभए पनि आम मतदाता ,कार्यकर्ता र जनसमुदायलाई आभार प्रकट गरेका छन्।

'भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद दुर्लभ थापा जीलाई हार्दिक बधाई। राजनीतिमा प्रतिस्पर्धा र विकासमा  एक्येबद्धता भन्ने अभियान अगाडि बढाउनु, होला सधैं साथ रहनेछ । यो निर्वाचनमा हाम्रो पार्टीको परिणाम अनुकूल नभए पनि आम मतदाता ,कार्यकर्ता र जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु', उनले भने, 'लोकतान्त्रिक पद्धतिमा निर्वाचन जनता को अधिकार उपयोग गर्ने सुवर्ण अवसर हो । हार जित स्वाभाविक प्रक्रिया हो। हामी हार्दा पनि जित्दा पनि जनताको सुख दुःखमा सधैं साथमा हुनेछौँ । हार्न तयार ,हार खान तयार छैन एमाले र महेश बस्नेत। धन्यवाद।'

महेशलाई दुर्लभले ९५९ मतान्तरले हराएका थिए। कांग्रेसका उम्मेदवार थापाले २४ हजार २३८ मत ल्याएका थिए भने बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.