|

सोलुखुम्बु : सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई पराजित गर्दै एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछाडि पार्दे एमालेका राईका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचित राईले १९ हजार ३२४ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार केसीले १६ हजार ५४५ मत ल्याएका थिए।

सातौँ पटक निर्वाचनमा होमिएका केसी २०७४ सालमा माओवादीका उम्मेदवार हेमकुमार राईसँग पराजित भएका थिए भने यसपटक एमालेका उम्मेदवारसँग पराजित भएका छन्।

एमालेका मानवीर पहिलो पटक संसदको यात्रा तय गरेका छन्। मंसिर ४ को निर्वाचनमा ४० हजार ४३३ मत खसेको थियो। जिल्लामा कुल ८१ हजार ५०२ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.