|

कतारमा भइरहेको विश्वकप फुटबलमा स्विट्जरल्याण्डले विजयी शुरुवात गरेको छ।

कतारको अल-जनाब रंगशालामा आज भएको पहिलो खेलमा अफ्रिकी ‘लायन’ क्यामरुनमाथि १–० को जित निकाल्दै विश्वकपमा सुखद शुरुवात गरेको हो।

पहिलो हाफ बराबरीमा खेले पनि स्विट्जरल्यान्डले दोस्रो हाफमा गोल गर्दै अग्रता बनायो। खेलको ४८ औं मिनेटमा स्विट्जरल्यान्डका ब्रेल एम्बोलले गोल गर्दै अग्रता दिलाए।

स्विस टोलीले पछिल्लो पटक खेलेका ५ विश्वकपमा पहिलो खेल हारेको छैन। जितसँगै स्विट्जरल्याण्डले ३ अंक जोडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.