|

सुर्खेत : सत्तारुढ गठबन्धनले जाजरकोटका सबै सिट जितेपछि आज विजयी र्‍याली निकालेको छ। अत्यधिक मतान्तरले जितेको गठबन्धनले आज विजयी सभा गर्दै पाँच वर्षमा गर्ने कामको प्राथमिकता समेत सार्वजनिक गरेको छ।

भौतिक पूर्वाधारको थालनी गरेको भन्दै अब आर्थिक र सामाजिक परिवर्तनको मुद्दा आफ्नो एजेण्डा भएको गठबन्धनका नेताहरूको भनाइ छ। जाजरकोटबाट नेकपा ( माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्यमा र प्रदेशमा कांग्रेसले जितेको छ।

माकेका उपहासचिव शक्तिबहादुर बस्नेत प्रतिनिधिसभामा र कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाहले प्रदेश (ख) तथा (क) मा कांग्रेस जाजरकोटका सभापति वेदराज सिंह विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.