|

सप्तरी : सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह  प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी भएका हुन्। उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। 

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरे। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत ल्याए। ​

गत प्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा सूर्यनारायण यादव विजयी भएका थिए । राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

यो जसपाको दोस्रो सिट हो। यसअघि पर्सा १ बाट जसपाका प्रदीप यादव विजयी भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.