|

कपिलवस्तु : कपिलवस्तुको क्षेत्र नं. ३ को मतगणना एक घण्टादेखि रोकिएको छ। प्रदेशसभा (क) मा एमालेका अर्जुन केसीले ७ मतले जितेको भनिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले मतपत्र हराएको भन्दै उजुरी दिएपछि रोकिएको हो।

मिश्रले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै ४५७ मत नमिलेकाले पुनः मतपत्र संख्या र पछिल्लो दुई चरणको मत पुनः गणना गर्नुपर्ने माग राखेका छन्।

नेकपामा एमालेका उम्मेदवार अर्जुन केसीले मिश्रभन्दा ७ मत बढी प्राप्त गरेको बताइएको छ तर निर्वाचन कार्यालयले भने आधिकारिक घोषणा गरेको छैन।

उम्मेदवारले निवेदन दिएकाले केही समयका लागि मतगणना रोकिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। उक्त निवेदनको सुनुवाइ गरी अब केही बेरमा मतगणना शुरु हुने उनले बताए। मतपत्र हराएको भन्ने विषयमा सत्यता नरहेको भन्दै कतिपय मत प्रत्यक्षतर्फको समानुपातिक मत भेटिएको मरासिनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.