|

कतारमा भइरहेको फिफा विश्वकप फुटबलको आज भएको उरुग्वे र दक्षिण कोरियाबीचको खेल गोलरहीत बराबरीमा टुंगिएपछि दुवैले बराबर अंक बाँडेका छन्।

लुइस सुआरेज‚ डार्विन नुनेज‚ फेडेरिको भालभर्डे‚ डियागो गोडिन र काभानी जस्ता धुरन्धर खेलाडीले सुसज्जित २ पटकको विश्वविजेता उरुग्वेले कोरियाली ‍गोलपोस्टमा निकै पटक धावा गरे पनि गोल भने गर्न असफल रह्यो।

तेस्रो पटक विश्वकप उचाल्ने ध्याउन्नमा रहेको उरुग्वेका खेलाडीले दोस्रो हाफमा गरेको प्रहार कोरियाली पोस्टमा लागेर बाहिरिएको थियो।

पहिलो हाफमा नुनेजले गरेको शक्तिशाली प्रहार पनि कोरियाली पोस्टमा लागेर डिफ्लेक्ट भएको थियो।

पहिलो हाफमा उरुग्वेमाथि खासै दबाब दिन नसकेको कोरियाली टोलीले दोस्रो हाफमा भने खुलेर आक्रामक खेल खेलेको थियो।

तर कोरियाली खेलाडीले गरेका प्रहार गोलमा परिणत हुन सकेनन्। पहिलो हाफमा पोस्टनजिकै पाएको बललाई सहजै गोल गर्ने अवसर पनि कोरियाली खेलाडीले खेर फालेका थिए।

खेलका केही झलकः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.