रौतहट : रौतहट-२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन्। नेपाली कांग्रेसका गठबन्धन उम्मेदवार फिरदोस आलमलाई ४ हजार ५ सय ९४ मतान्तरले पराजित गरेका हुन्।
साहले ३२ हजार ८४२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाएका छन्। यहाँ जनता समाजवादी पार्टीका शैलेन्द्र साहले २ हजार पाएका छन्। साहसँग पराजित आलम पूर्वमन्त्री अफताव आलमका छोरा हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।