|

काठमाडौं : रूकुम पश्चिमबाट अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।

२०६३ मा अन्तरिम व्यवस्थापिका संसदबाट संसदीय यात्रा थालेका शर्मा २०६४, २०७० र २०७४ मा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.