|

मलंगवा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुई घाइते भएका छन् ।

पर्साको मिर्जापुरका प्रहरी हवल्दार ३८ वर्षीय बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेलको मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। दुवैको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । उनीहरू प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै सो मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। 

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.