|
फाइल फोटो

काठमाडौं : उद्योगपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर पश्चिम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ। 

चौधरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग सात हजार १५१ मतान्तरले विजयी भएका हुन्। चौधरीले २९ हजार ४५९ मत प्राप्त गरे। 

त्रिपाठीले २२ हजार ३०८ मत हासिल गरे। नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरे। 

त्रिपाठी यसअघि यो क्षेत्रबाट विजयी भएका थिए। उनलाई नेकपा एमालेको समर्थन थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.