|

काठमाडौं  : जारी मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले बिहान ६ बजेसम्ममा आठ लाख ९४ हजार ४०९ मत पाएको छ। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले आठ लाख ५७ हजार ६२१ मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार ५७५ मतसहित  तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले चार लाख दुई हजार ४९९ मत पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार ३७५ मत पाएको छ ।

जनता समाजवादी पार्टीले एक लाख १२ हजार ५७९ मत ल्याएको छ। जनमत पार्टीले ६७ हजार ६१४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार ५४७, र नेकपा एकीकृत समाजवादीले ६१ हजार ७०४ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार २०० मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार ४२३ मत पाएको छ। राष्ट्रिय जनमोर्चाले २१ हजार ८१४ मत पाएको छ भने मंगोल नेसनल अर्गनाइजेसनले १७ हजार १८६ मत पाएको छ।

नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राप्रपा नेपाललगायत दलले समानुपातिकतर्फ १० हजारभन्दा कम मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.