|

काठमाडौं : दाङ क्षेत्र नं. १  एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी दोस्रोपटक सांसद निर्वाचित भएका छन्।

नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

श्हरी विकासमन्त्रीसमेत रहेका चौधरीले २६ हजार ५६३ मत प्राप्त गरे उनकी प्रतिस्पर्धी शान्ताले २१ हजार ४७९ मत पाइन्।

२०७४ को निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए

योपटक उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.