|

कञ्चनपुर : कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन्। 

 लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका हुन्। 

तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरिन्। यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरे।

९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ६०४ मत खसेको थियो भने ३ हजार ६४१ मत बदर भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.