|

काठमाडौं : कैलाली क्षेत्र नं.५ (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । एमालेका दुर्गाप्रसाद जोशीलाई हराउँदै देउवा प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

उनले ९ हजार ५९१ मत ल्याउँदा जोशीले ६ हजार ३५१ मत पाए। नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत हासिल गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.