|

इलाम : जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले फराकिलो मतान्तर बढाएका छन्।

उनले २० हजार ७१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएर पछ्याउँदै छन्।

उनीहरूको मतान्तर १७ सय ६५ मतान्तर छ। देउमाईको १,२,५,६,७,८,९ वडाको मत गणना सकिएको छ। हाल मतगणना भइरहेको छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.