|

विराटनगर : मोरङको क्षेत्र ४(२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

पराजुलीले पूर्व  सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई  पराजित गर्दै  संसदीय यात्राको ढोका खुलेका हुन। निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मत प्राप्त गर्दा 

उनका निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता  घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याएका छन्। तेस्रो भएका राप्रपाका माधव प्रसाद आचार्यले ६ हजार ९३५ मत पाए।

विराटनगर महानगरपालिका पूर्व मेयर समेत रहेका पराजुली  २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकाललई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचत भएका थिए।

विद्यार्थी संगठनबाट सुरु भएको राजनीति 

विद्यार्थी संगठनबाट राजनैतिक आरम्भ गरेका पराजुली नेविसंघको अध्यक्ष भए। महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेदवार उठेर प्यानललै विजयी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.