कांग्रेसले २, माओवादी र एस १-१ क्षेत्रमा विजयी

|

काभ्रे : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रको मतपरिणाम धमाधम आइरहेको छ। काभ्रेको प्रदेशसभा तर्फका सबै क्षेत्रको पनि मतपरिणाम आइसकेको छ। 

काभ्रेको ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेका छन्। त्यस्तै नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्रमा क्लिनस्विप  भएको छ। एमाले प्रदेशको कुनै निर्वाचन क्षेत्रका जित्न नक्सदा क्लिनचिट अर्थात् शून्य भएको हो।

प्रदेशका ४ वटामध्ये नेपाली कांग्रेसका उम्मेदवार २ वटा निर्वाचन क्षेत्रका विजयी भएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ,एक क्षेत्रमा विजय भएका छन्।

काभ्रेको संघीय निर्वाचन क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका केन्द्रीयसमेत रहेका रत्न ढकाल ९ हजार ४ सय ४२ मतान्तरसहित विजय भएका हुन्। ढकालले २० हजार ७ सय २० मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिलबहादुर तामाङ (दिलिप)ले ११ हजार २ सय ७८ मत ल्याए। 

०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका उनी बागमती प्रदेशका बहालवाला मन्त्री हुन्। ढकाल युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। सोही क्षेत्रको प्रदेशसभा सदस्यमा कांग्रेसका तीर्थ लामाले ३  मतको मतान्तरले विजयी भएका हुन्। उनले १९ हजार २ सय ८० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर लामाले १९ हजार २ सय ७७ मत पाए।

लामासँग झिनो मतान्तरले पराजित भएको एमालेका उम्मेदवार चन्द्रबहादुर ०७४ को निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गणेश लामालाई हराएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेस काभ्रेको सभापति रहेका लामा  संविधानसभा सदस्यसमेत हुन्। उनले ०७० मा माओवादी केन्द्रका केन्द्रिय पोलिटब्युरो सदस्य सुर्यमान दोङलाई पराजित गरेका थिए। 

त्यस्तै झिनो मतान्तरले हार बेहोर्नु परेका  एमालेका लामा ०७४ सालमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई बागमती प्रदेश मन्त्रीसमेत भएका थिए। त्यस्तै काभ्रेको संघीय निर्वाचन क्षेत्र २ प्रदेश सभा (क) को सदस्यमा एकीकृत समाजवादीका लक्ष्मण लम्साल  विजयी भएका छन्। उनले  नेकपा एमालेका कुमार खकुरेललाई १ सय ८८ मतले पराजित गरेका हुन्। 
 
वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार लम्सालले १९ हजार ४०८ मत  ल्याएका छन्।  उनका निकटतम प्रतिद्वन्दी एमालेका खकुरेलले १९ हजार २ सय २० मत पाएका छन्। यसअघि ०७४ मा लम्साल यही निर्वाचन क्षेत्रबाट विजय भएका थिए। 

सोही क्षेत्रको प्रदेश ख मा कांग्रेसका कन्चनचन्द्र वादे प्रतिस्पर्धी  एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पराजित गर्दै विजयी भएका छन्। वादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् भने थापाले २१ हजार ९ सय ६७ मत ल्याएको छ। कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका वादे ०७० मा संविधानसभा सदस्य भइ उद्योग राज्य मन्त्रीसमेत भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.