धनगढी : कैलालीको क्षेत्र नं ५ मा गठबन्धनले क्लिनस्विप गरेको छ। सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्।
नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। पन्तले २१ हजार ३ सय ९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३ सय १८ मत पाएका छन्।
यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो। उनी यहाँबाट उम्मेदवार पनि सिफारिस भएकी थिइन्। तर, पछि उनले स्वास्थ समस्याको कारण देखाउदै समानुपातिकमा बस्ने निर्णय गरेकी थिइन्। त्यस्पछि पन्तले यहाँ टिकट पाएका थिए। प्रतिनिधि सभामा निर्वाचित पन्त यसअघि ०७४ मा यहीँबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
यस्तै प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा (१) मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रमेश धामी र (२) मा काङ्ग्रेसका प्रकाश देउवा विजयी भएका हुन्।
प्रदेश सभा (२) मा देउवाले ९ हजार ५ सय ९१ मत प्राप्त गरी बिजयी भएका छन्। देउवाको निकटतम प्रतिद्वन्द्वी नेकपा ( एमाले) का दुर्गा जोशीले ६ हजार ३ सय ५१ मत प्राप्त गरे।
त्यसैगरी, प्रदेश सभा (१) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रमेश धामी विजयी भएका छन्। धामीले ९ हजार ३ सय ८७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार नेपालु चौधरीले ९ हजार २ सय ६२ मत प्राप्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।