|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम अध्यापन गराउन सबै निजी विद्यालयलाई निर्देशन दिएको छ।

नगरपालिकाले विद्यालयमा अनुगमन गर्दा अझै स्थानीय पाठ्यक्रम नपढाएको पाएपछि तत्काल लागू गर्न निर्देशन दिएको हो।

नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका उपसचिव डण्डपाणि शर्माले पटक-पटक नगरपालिकाले सूचना जारी गर्दा पनि अटेर गर्ने गरेको पाइएको बताए।

‘केही विद्यालयले अझै पनि अटेर गरी स्थानीय पाठ्यक्रम/पाठ्यपुस्तक अध्ययन अध्यापन नगरेकाको पाइएकाले यथा शीघ्र साप्ताहिक कार्यतालिकामा राखी अध्यापन गर्नु गराउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ। 

यो निर्देशन नमाने प्रचलित नियमानुसार कारबाही हुने नगरपालिकाको चेतावनी छ। नगरपालिकाले २०७६ सालबाट स्थानीय पाठ्यक्रम (मेरो गोकर्णेश्वर/हाम्रो गोकर्णेश्वर) कार्यान्वयनमा ल्याएको थियो। नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट भने स्थानीय पाठ्यक्रम परिमार्जन हुने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.