काभ्रे : काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका छन्। बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन्।
बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हुमागाईंको पक्षमा ३९ हजार ४२८ मत परेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन्। यो जित बाँस्कोटाको संसदको यात्रा दोस्रो इनिङ हो।
सोही क्षेत्रबाट ०७४ मा बाँस्कोटाले देशभरकै तेस्रो ठूलो भारी मतान्तरले कांग्रेसका नेता मधु आचार्यलाई पराजित गरी विजयी भएका थिए।
एमाले सरकार हुँदा सरकारको प्रवक्ता र सूचना तथा संचार मन्त्रीसमेत भएका उनी सेक्युरिटी प्रिन्टिङ प्रेसको अडियो प्रकरणमा विवादित बनेपछि मन्त्री पदबाट राजीनामा दिनु परेको थियो।
कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेको यो क्षेत्रबाट मंसिर ४ गते सम्पन्न निर्वाचनमा १ लाख ३ हजार ३९१ मत खसेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।