विराटनगर : मोरङ क्षेत्र नम्बर ६(ख) मा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री नेपाली काँग्रेसका केदार कार्की विजयी भएका छन्।
मतगणनाको शुरुवातदेखि नै अग्रता कायम राखेका मन्त्री कार्कीले एमालेका नेता पर्शुराम बस्नेतलाई १,१८० मतान्तरले पछि पार्दै कार्की विजयी भएका हुन्।
कार्कीले १०,४४६ मत ल्याउँदा एमालेका बस्नेतले ९,२६६ लाएका छन्।
कार्की नेपालमा सङ्घीयताको कार्यान्वयन सँगसँगै प्रदेश नम्बर १ को पहिलो प्रदेश सभामा अघिल्लो निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ को २ बाट निर्वाचन भएका थिए।
प्रदेशसभा सदस्यबाट शुरु भएको उनको संसदीय यात्रामा उनले संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका उनी २०७८ भदौदेखि प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिका निभाइरहेका छन्।
निडर स्वभावका कार्की विद्यालयकालदेखि नै राजनीतिमा होमिए।
आमा स्व. ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट २०३० पुस ७ गते जन्मिएका उनी आफू पढेको विद्यालय जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति भएका थिए।
विद्यालय स्तरको शिक्षापछि उच्चशिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट शुरु गरेका उनले २०५२ सालमा नेविसङ्घकै क्याम्पस एकाइका सभापति भएका थिए। यसपछि उनी नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे।
राजनीतिका साथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन्। उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन्। जुडो सङ्गठनका मोरङ जिल्ला अध्यक्ष, विभिन्न सामाजिक संघसंस्थाका संस्थापक, परिकल्पनाकार सल्लाहकारका रूपमा क्रियाशील छन्।
विद्यार्थी राजनीतिदेखि नै शिक्षामा विपन्न परिवारका बालबालिकाको पहुँच हुनुपर्छ भन्ने मुद्दाको उठान गर्ने कार्की शिक्षा नै समृद्धि आधार हो भन्ने विचार राख्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।