काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनबाट सोचेजस्तो परिणाम नआएको बताएका छन्।
गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
गोरखामा गठबन्धन सफल भए पनि अपेक्षाकृत मत नआएको भन्दै उनले देशभरमै अपेक्षा गरे अनुसार नतिजा नआएको बताए।
‘ गोरखामा परिणाम सुखद नै भएको छ, हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ तर हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यस्तो चाहिँ अलि भएन भन्ने पनि छ।’ प्रचण्डले भने, ‘नसोचेको नसोचेको केही केही कुरा भए भन्ने पनि छ।’
उनले अब गठबन्धनको बैठक तत्काल बस्नुपर्ने भएको बताए।
‘यहाँ मात्रै होइन देशैभरबाट अपेक्षा गरे अनुसार परिणाम आएन भन्ने नै हो, त्यसका निम्ति गठबन्धन दलहरूले केही जरुरी गृहकार्य गर्नैपर्ने भएको छ’ उनले भने, ‘त्यसैले म अहिले नै काठमाडौं जाँदैछु, अब गाउँगाउँका मतदातालाई धन्यवाद दिन म दुई चार दिनपछि आउँछु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।