पाल्पा : पाल्पा क्षेत्र नम्बर २ (ख) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्ती मगर विजयी भएका छन्।
उनी ९४१ मतान्तरले विजयी भएका छन्। वसन्तले १३ हजार ९९२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत पाएको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयले जानकारी दिएको छ।
वसन्त यसअघि पनि लुम्बिनी प्रदेशसभा सदस्य थिए। ओम तिनाउ गाउँपालिका अध्यक्ष थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।