|

पाल्पा : पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी भएका छन्। उनी ३,९६६ मतान्तरले विजयी भएका हुन्।

गैरेले २७,८१७ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५,१८०, भाले १,५७०, क्रस खुकुरी ५०१, घर ५१६, छाता १०९, चेसबोर्ड ७, तिर २०४, तारा ११६, मादल ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरे।

मत गणना केही समयअघि सकिएको हो। औपचारिक घोषणा हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.