|

धनगढी : कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन्।

चौधरी २१ हजार ८७१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन्। 

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार ११६ मत मात्रै पाए। 

यहाँ जम्मा ६० हजार ३७४ मत खसेको थियो। जसमा ३ हजार ६६४ मत बदर भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.